डिजाइन
द डकुमेन्ट फाउन्डेसन लिब्रेअफिस डकुमेन्ट लिबरेसन प्रोजेक्स समुदाय ब्लगहरू वेबलेट नेक्स्टक्लाउड रेडमाइन लिब्रेअफिस प्रश्नोत्तर अनुदान
हामी यी पृष्ठहरूमा हाम्रा कार्यहरू, कार्यप्रणाली र तपाईंले पुर्याउन सक्ने योगदानबारे जानकारी प्रस्तुत गर्दछौं। यस अभियानमा जोडिन इच्छुक सबैका निम्ति उपयुक्त कार्यहरू उपलब्ध छन्।
प्रयोगकर्ता अनुभव डिजाइन (यूएक्स) लिब्रेअफिस उत्पादनहरूको साथ प्रयोज्यता, पहुँच र आनन्द सुधार गरेर प्रयोगकर्ता सन्तुष्टि बढाउने प्रक्रिया हो। यसले परम्परागत मानव-कम्प्युटर अन्तरक्रिया डिजाइनसमावेश गर्दछ, र ब्रान्डिंग र डिजाइन सहित सबै पक्षहरूलाई सम्बोधन गरेर यसलाई विस्तार गर्दछ।
उपयोगिता ईन्जिनियरिङ् इन्टरफेस डिजाइनमा दक्षता र भव्यता प्राप्त गर्न को लागी संरचित विधिहरूमा आधारित छ। प्रयोगकर्ताहरूले लिब्रेअफिस सँग कसरी काम गर्छन् भन्ने बारे अन्तरदृष्टि प्राप्त गर्न हामी सर्वेक्षणहरू र द्रुत सर्वेक्षणहरू चलाउँछौं।
यसै ज्ञानका आधारमा हामी सामान्य मानव अन्तरक्रिया दिशानिर्देशहरू(HIG)बाट कार्य प्रारम्भ गर्छौं। कार्यप्रवाहहरू दुई पर्सोनाहरूलाई दृष्टिगत गरी तयार पारिएका छन्: सुरुआती प्रयोगकर्ताका निम्ति बेन्जामिन (Benjamin) र दक्ष/उन्नत प्रयोगकर्ताका निम्ति इभ (Eve) हाम्रा सिद्धान्त/घोषणापत्रमा उल्लेख भएअनुसार हामी निम्न विषयहरूमा विशेष जोड दिन्छौं
- पूर्वनिर्धारित रूपमा सरलता र मागअनुसार पूर्ण कार्यक्षमता
- दक्षताभन्दा सामञ्जस्यता/निरन्तरता
- ग्राफिकल डिजाइनभन्दा उपयोगिता
निस्सन्देह, हामी सम्पूर्ण UX सिद्धान्तहरूको पनि पूर्ण पालना गर्छौं।
हामी पहुँचयोग्यता, ब्राण्डिङ देखि लिएर आइकोनहरू लगायतका दृश्य डिजाइनको व्यवस्थापन गर्छौं र गुणस्तर आश्वासन, मार्केटिङ तथा विकास टोलीहरूलाई सहयोग पुर्याउँछौं।
लिब्रेअफिसमा योगदान पुर्याउने सबैभन्दा सरल माध्यम भनेको हाम्रा बगट्र्याकर (bugtracker) मा त्रुटिहरू तथा सुधारका प्रस्तावहरू दर्ता गर्नु वा अरूले दर्ता गरेका प्रतिवेदनहरूमा समीक्षा र टिप्पणी गर्नु हो। यदि लिब्रेअफिसको कुनै पक्षले UX सिद्धान्त वा दिशानिर्देशको उल्लङ्घन गर्छ भन्ने लाग्छ भने, त्यो UX बग हो। यसबारे थप जानकारीका निम्ति UX को तर्फबाट टिकटहरू ब्लग पोस्ट वा फ्याबियाना सिमोएसको GUADEC प्रस्तुति आफ्नो UX बग कसरी प्रतिवेदन नगर्ने अवलोकन गर्न सक्नुहुन्छ।
हामीसँग सुरुआती तहदेखि दक्ष विकासकर्ताहरूसम्म सबैका निम्ति कार्यहरू उपलब्ध छन्। लिब्रेअफिसले सरल कार्यहरूलाई इजी-ह्याक भन्दछ, र “skilldesign” सूचक शब्द (keyword) प्रयोग गरी तपाईं बगट्र्याकरमा [१] कार्यहरू खोज्न सक्नुहुन्छ।
केही कारणवश कतिपय कार्यहरू बगट्र्याकरमा सूचीबद्ध गरिएका छैनन्। उदाहरणका लागि, विकीमा नयाँ पृष्ठ निर्माण गर्ने, दिशानिर्देशको खाका तयार गर्ने, वा मकअप ढाँचा बनाउने जस्ता कार्यहरू बगजिला (Bugzilla) भन्दा बाहिर व्यवस्थापन गर्नु उपयुक्त हुन्छ। यसै उद्देश्यका निम्ति हामी यो विकी प्रयोग गर्दछौं। धेरैजसो कार्यहरू जोकोहीले पनि गर्न सक्छन्; केही कार्यका निम्ति सिर्जनशीलता चाहिन्छ भने केहीका निम्ति उपयोगितासम्बन्धी गहिरो ज्ञान आवश्यक हुन्छ।
प्रयोगकर्ता अनुभव मूल्याङ्कन आवश्यक परेका बग प्रतिवेदन तथा सुविधा अनुरोधहरूलाई needsUXEval सूचक शब्दद्वारा चिह्नित गरिएको हुन्छ। प्रतिवेदनहरूमा आफ्ना टिप्पणीहरू तथा स्केचहरू समेत प्रविष्ट गर्न सक्नुहुन्छ। अर्को विकल्प भनेको पुष्टि नभएका सुविधा अनुरोधहरूलाई आलोचनात्मक दृष्टिकोणले विश्लेषण गर्नु हो। मुख्य अनुप्रयोग (core application) मा कुन-कुन सुविधाहरू समावेश नगर्ने भन्नेबारे निर्णयमा सहयोग पुर्याउनु UX टोलीको मुख्य जिम्मेवारीहरूमध्ये एक हो।
उपयोगिता प्रयोगकर्ताहरूसँग प्रत्यक्ष सम्बन्धित हुन्छ, त्यसैले हामी मुख्यतया हाम्रा प्रयोगकर्ताहरूको आवश्यकता बोध गर्न अवलोकन गर्छौं, संवाद गर्छौं, अन्तर्वार्ता लिन्छौं, भिडियोहरू हेर्छौं र टिप्पणीहरू अध्ययन गर्छौं।
हामी बग ट्र्याकरको सन्दर्भसहित नयाँ विषयहरू प्रारम्भ गर्छौं; तत्पश्चात साझा बुझाइ कायम गर्न हालको अवस्था र प्रतिस्पर्धीहरूले उक्त समस्या कसरी समाधान गर्छन् भन्ने विवरण प्रस्तुत गर्छौं। अपेक्षित सुविधाहरूलाई कार्यमूलक आवश्यकताहरू र डिजाइनका गैर-कार्यमूलक सीमाहरूका रूपमा औपचारिक रूपमा सूचीबद्ध गरिन्छ। यसै इनपुटका आधारमा हामी Penpot, Pencil, वा LibreOffice Draw प्रयोग गरी मकअपहरू तयार गर्दछौं र अन्ततः, केही पुनरावृत्ति र छलफलपछि, समुदायबाट प्रतिक्रिया प्राप्त गर्न प्रस्तावलाई हाम्रा डिजाइन ब्लगमा प्रकाशित गरिन्छ।
हामीसँग कुनै प्राविधिक विशेषज्ञता नभएका सिर्जनशील व्यक्तिहरूका निम्ति सधैं खुला कार्यहरू उपलब्ध हुन्छन्, साथै अनुभवी उपयोगिता इन्जिनियरहरूका निम्ति थप उन्नत विषयहरू पनि राखिएका हुन्छन्। गैर-कोडिङ कार्यहरू उदाहरणका निम्ति:
- नयाँ ढाँचाहरू निर्माण गर्ने
- ब्यानर, आइकोन आदि जस्ता नयाँ कलाकृतिहरू डिजाइन गर्ने
थप उन्नत विषयहरू निम्न हुनसक्छन्:
- संवाद बाकसको पुन: डिजाइन मकअप रेखाङ्कन गर्ने
- दिशानिर्देशको खाका तयार गर्ने
सबै कार्यहरू हाम्रा ह्वाइटबोर्ड र ब्लुप्रिन्ट पृष्ठहरूमा सूचीबद्ध छन्। र सम्पन्न भइसकेका प्रस्तावहरू ह्वाइटबोर्ड अभिलेख मा अवलोकन गर्न सकिन्छ।
हामी विविधतापूर्ण ज्ञान र फरक पृष्ठभूमि भएका संसारभरका सदस्यहरू हौं।
टोली सदस्यहरूको सूचीमा आफूलाई समावेश गर्न हार्दिक आह्वान गरिन्छ।
- हाम्रा डिजाइन ब्लग, ट्विटर र टेलिग्राममा हामीलाई पछ्याउनुहोस्
- लिबेरा च्याट (Libera Chat) को #libreoffice-design IRC:// च्यानलमा आईआरसी (IRC) मार्फत वा Matrix प्रयोग गरी डिजाइनरहरूसँग संवाद गर्नुहोस्; यी दुवै टेलिग्रामसँग एकीकृत/जोडिएका छन्
- डिजाइन पत्राचार सूचीमा सूचीकृत हुनुहोस् र सम्पूर्ण सदस्यहरूलाई इमेल प्रेषित गर्नुहोस्
- प्रत्येक (पाक्षिक रूपमा साटिने) बुधबार/बिहीबार, ७ बजे/१ बजे UTC (२०:००/१४:०० CET+१) मा सञ्चालन हुने साप्ताहिक जित्सी बैठकमा सहभागी हुनुहोस्। यी कलहरू सबैका निम्ति खुला हुन्छन्। कार्यसूची कार्यवृत्तमा अद्यावधिक गरिन्छ र पत्राचार सूचीमा साझा गरिन्छ। बैठक कार्यवृत्तको अभिलेख सुरक्षित राखिन्छ।